Shittalpati
बुद्धिचालमा  होराईजनका सुदिप प्रथम

पाल्पा, प्रथम तानसेन नगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा न्यू होराईजन माध्यमिक विद्यालयका सुदिप भट्टराई प्रथम भएका छन् । जिल्ला बुद्धिचाल संघ पाल्पाको आयोजना, तानसेन नगर युवा परिषदको सहयोग र प्याब्सन पाल्पाको व्यवस्थापनमा भएको बुद्धिचाल प्रतियोगितामा भट्टराई प्रथम भएका हुन् । प्रतियोगितामा बिजु बोर्डि् स्कूलका मिलन सिंजाली दोश्रो देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका गोविन्द सुनार तेश्रो र होराईजनका कृतज्ञा श्रेष्ठ सान्त्वना भएका छन् ।

विजेता प्रतियोगीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा बृन्दावन एकाडमीका प्रिन्सिपल कोशिस भण्डारी, रेफ्री विनिता कपाली, पत्रकार दयाराज न्यौपाने, होराईजन माध्यमिक विद्यालयका शिक्षक पशुपती बश्याल ,पाल्पा आवासीय माविका शिक्षक क्षितिज नेपाल लगायतले बौद्धिक खेलको अभ्यासले राम्रो खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । बुद्धिचाल संघका जिल्ला अध्यक्ष करुणा काफ्लेले आगामी दिनमा नगर सहित जिल्लास्तरीय प्रतियोगिता गर्दै जाने बताउँदै खेल बौद्धिकता र स्फुर्तीको मेल हुने बताए । प्रतियोगितामा तानसेन नगरपालिका भित्रका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको बुद्धिचाल संघका जिल्ला सचिव डोलराज अर्यालले जानकारी दिए । खेल १७ र १८ गते तानसेनमा सञ्चालन भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update