Shittalpati
आर्मीसँग  थ्रीस्टार पराजित

काठमाडौं, त्रिभुवन आर्मीले शहीद स्मारक लिगमा थ्री स्टारलाई पारजित गरेको छ । बुधबार भएको खेलमा विभागीय टोली आर्मीले थ्री स्टारलाई २–० ले पराजित गरेको हो । यस सिजन ललितपुरे क्लब थ्री स्टारको यो पहिलो हारसमेत हो  ।

शुरुवाती तीन खेलमा कुनै गोल नखाएको थ्री स्टारले बुधबार २ गोल खान पुग्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको पहिलो हाफमा आर्मीले चार अवसर गुमायो । कप्तान भरत खवास र जर्ज प्रिन्स कार्कीले दुई दुई अवसर गुमाउँदा आर्मीले पहिलो हाफमा अग्रतालिन सकेन । थ्री स्टारका लागि पहिलो हाफमा रुपेश केसीको प्रहार पोष्ट माथिबाट बाहिरिएको थियो ।

५१ औं मिनेटमा नवयुग श्रेष्ठ वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाए । तर ३ मिनेटपछि भने नवयुग चुकेनन् । ५४ औं मिनेटमा नवयुगले कप्तान भरत खवासको पासमा एक्रोब्याटिक स्टाइलमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । आर्मीका विकास तामाङले पेनाल्टी एरियामा Þयाण्ड गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । तर रुपेश केसीले गोल गर्न सकेनन् । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले उत्कृष्ट बचाउ गरे । यस सिजनमा तेस्रो जितपछि आर्मी ४ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update