Shittalpati
सकियो तेस्रो मेयर कप

इमान सिं राना
पाल्पा (रामपुर) । “उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान” भन्ने नाराका साथ रामपुर ७ किसानबारीमा जारी तेस्रो मेयर कप अन्तर्गतका खेलहरु शनिबार सकिएको छ ।

रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालन भएको तेस्रो मेयर कप अन्तर्गत भएका ७ विधाका खेलहरु सम्पन्न भएको हो । माघ १८ गते देखि सुरु भएको प्रतियोगिता मध्ये वडा स्तरीय पुरुष फुटबलको उपाधी वडा नं. ६ ले, वडा स्तरिय पुरुष भलिबल र वडा स्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधी वडा नं. १ ले, वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ ले, वडा स्तरीय रसी तान्ने प्रतियोगिताको उपाधी वडा नं. ५ ले र वडा स्तरीय सट पुट प्रतियोगिताको उपाधी वडा नं. ७ ले हात पारेको छ ।

वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधीको लागि शनिबार भएको फाईनल खेलमा वडा नं. २ लाई ३/१ सेटले पराजित गर्दै वडा नं. १ ले प्रथम उपाधी जितेको हो । खेलको पहिलो, तेस्रो र चौथो सेट वडा नं. १ ले २५/१४, २५/२२ र २५/१८ अंक र दोस्रो सेट वडा नं. २ ले २५/१९ अंक सहित हात पारेको थियो । यस संगै गत वर्षको विजेता वडा नं. २ ले द्धितिय स्थानमा चित्त बुझाएको छ । तृतिय स्थानको लागि भएको खेलमा वडा नं. ५ ले वडा नं. ३ लाई २/१ सेटमा पारजित गर्दै उपाधी हात पारेको छ । पहिलो सेट २५/१९, तेस्रो सेट २५/२१ सहित वडा नं. ५ ले र दोस्रो सेट २५/१८ सहित वडा नं. ३ ले हात पारेको थियो ।

प्रतियोगिता अन्तर्गत भएको प्रथम उपमेयर वडा स्तरिय महिला भलिबलको उपाधी साविक महिला भलिबलको २ संस्करणको विजेता वडा नं. १ ले जित्न सफल भएको हो । वडा नं. १० लाई २/१ सेटले पराजित गर्दै वडा नं. १ ले रनिङ्ग शिल्ड जित्न सफल भएको हो । खेलको पहिलो सेट २५/१९ अंक सहित हात पारेको वडा नं. १० लाई १ ले दास्रो र तेस्रो सेटमा २५/२३ र २५/२१ सहित पछि पारेको थियो । यस संगै वडा नं. १० उपविजेता बनेको छ । तृतिय स्थान छनौटको लागि भएको खेलमा रामपुर ९ लाई वडा नं. ४ ले ३/२ सेटमा पराजित गरेको थियो ।

वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको उपाधीको लागि भएको वडा नं. ५ र वडा नं. ६ खेलमा ट्राईब्रेकरमा ३/०ले पराजित गर्दै वडा नं. ६ ले उपाधी जितेको छ । निर्धारित समयमा दुवै समुहले १/१ गोल गरेको थियो । यस संगै वडा नं. ५ उपविजेता बनेको छ । तृतिय उपाधी भने वडा नं. ७ ले पाएको छ । रामपुर ५ मटेरीमा भएको वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ ले हात पारेको छ । फाईनल खेलमा व्याटिङ्गको निम्तो पाएको वडा नं. ४ ले १५ ओभरको खेलमा सविर अलीको ४२ नर सहित वडा नं. ७ समक्ष १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसमा वडा नं. ७ का विजय श्रेष्ठले ३ ओभरमा ३ विकेट लिन सफल भएको थियो । लक्ष्य पछ्याउने क्रममा वडा नं. ७ ले ९ विकेटको क्षतिमा गौरव क्षेत्रीको २२ रनको मदतले १ सय ५ रन बनाउन सफल भयो । जसमा वडा नं. ४ का समिम अलीले ३ र महेश रानाले २ विकेट लिएको थियो । यस संगै वडा नं. ७ प्रतियोगिताको उपविजेता भएको छ । फेयर प्लेयर अवार्ड नं. ५ ले प्राप्त गरेको छ । खुल्ला व्यटमिन्टन प्रतियोगिता तर्फ भानु वंशी र शंकर खाँण प्रथम, हरि सिंह र कमल खाँण द्धितिय, शिव श्रेष्ठ र जगत थारु, देव श्रेष्ठ र नविन भट्ट तृतिय भएको छ । यस्तै तेस्रो मेयर कप अन्तर्गत भएको खुल्ला म्याराथुन प्रतियोगिताको उपाधी रामपुर ३ का सन्दिप श्रेष्ठले जितेको थियो । त्यस्तै रामपुर ६ का मनोज क्षेत्री द्वितिय, रामपुर ६ का सुरेश कुमाल तृतिय भएका थिए ।

त्यस्तै मेयर कप अन्तर्गत सट पुट तर्फ प्रथम वडा नं. ७ का अर्जुन राना, द्धितिय वडा नं. ५ का देव बहादुर कुमाल, तृतिय वडा नं. ७ विरजुन राना भएको छ । रसी तान्ने प्रतियोगितामा वडा नं. ५ का गणेश बंशीको समुह, द्धितिय वडा नं. ३ का श्याम मल्लको समुह र तृतिय वडा नं. ७ को समुह भएको छ । विजयी समुहलाई रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगद सहित रनिङ्ग कप, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । साथै उत्कृष्ट खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update