Shittalpati
एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो

काठमाडौ । इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १ सय ६ रन जोड्दा म्याक्सवेलले १ सय ८ रनको योगदान गरे ।

७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २ सय १२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए । इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो । इंग्ल्याण्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी
खेलेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update