Shittalpati
रामपुरमा जारी मेयर कपमा शनिबार फाईनल खेलहरु हुने

इमान सिं राना

पाल्पा (रामपुर) । रामपुर नगरपालिकामा ७ किसानबारीमा जारी तेस्रो मेयर कप अन्तर्गत वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट र प्रथम उपमेयर महिला भलिबल प्रतियोगितामा सेमिफाईनलका खेलहरु सम्पन्न भएको छ ।

वडा स्तरिय पुरुष भलिबलको सेमिफाईनल, खुल्ला व्याटमिन्टन प्रतियोगिताको क्वटर फाईनल र सटपुट तथा डोरी तान्ने प्रतियोगिता सुरु हुन बाँकी रहेको छ । शुक्रबार भएको पुरुष फुटबलको पहिलो सेमिफाईनल खेलमा वडा नं. ७ लाई ट्राईब्रेकरमा पराजित गर्दै वडा नं. ५ फाईनलमा पुगेको छ । निर्धारित समयमा दुवै समुह गोल सहित बराबरीमा रोकिएको थियो । त्यस्तै वडा नं. १० लाई २/० गोल अन्तरले पारजित गर्दै वडा नं. ६ ले पनि फाईनलको यात्रा तय गरेको छ । खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरी वडा नं. ६ ले २ गोल गर्न सफल भएको थियो । उपाधीको लागि वडा नं. ५ र ६ भोली दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छ ।

 

प्रतियोगिता अन्तर्गत भएको प्रथम उपमेयर महिला भलिबल कपमा वडा नं. १ र वडा नं. १० फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाईनलमा वडा नं. ४ लाई ३/० को सोझो सेटमा २५/८, २५/११, २५/१६ अंकसहित पराजित गर्दै वडा नं. १ फाईनलमा प्रवेश गरेको हो । त्यस्तै वडा नं. १० ले ९ लाई ३/० को सोझो सेटमा २५/१७, २८/२६ र २५/१५ अंक सहित पारजित गरेको थियो । तृतिय स्थान छनौटको लागि भएको खेलमा रामपुर ९ लाई वडा नं. ४ ले ३/२ सेटमा पराजित गरेको छ । खेलमा पहिलो सेट २८/२६ र तेस्रो सेट २५/१८ अंक सहित वडा नं. ९ ले हात पारेको थियो । वडा नं. ४ ले दोस्रो सेट २५/१४, चौथो सेट २५/२३ र पाँचौ सेट १५/९ अंक सहित हात पारेको थियो ।

पुरुष भलिबल तर्फ सेमिफाईनलको पहिलो खेल वडा नं. २ र ५ विच भए पनि समय अभावका कारण खेल विच मै रोकिएको छ । सेमिफाईनल र फाईनल खेल शनिबार हुनेछ । यस्तै मेयर कप अन्तर्गत रामपुर ५ मटेरीमा भैरहेको वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं. ७ र ४ फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको पहिलो खेलमा ७ विकेटले वडा नं. ६ लाई वडा नं. ७ ले पराजित गरेको थियो । टस जिटेर व्याटिङ गरेको वडा नं. ६ ले वडा नं. ७ समक्ष ८९ को लक्ष्य प्रस्तुत गरेको थियो । वडा नं. ६ को लक्ष्य आठौं ओभरको २ बलमा भेट्दै ७ विकेटले वडा नं. ७ विजयी भएको हो । खेलमा वडा नं. ७ का गौरव क्षेत्री ५१ रन सहित म्याअफडी म्याच घोषित भएका छन् ।

वडा नं. ४ र ५ विचको खेलमा वडा नं. ४, २१ रनले विजयी भएको थियो । वडा नं. ५ ले जिटेर फिल्डिङ्ग रोजेको थियो । वडा नं. ४ ले १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । वडा नं. ५ भने ९८ रन सहित १४ ओभरको २ बलमा अल आउट भएको थियो । खेलमा वडा नं. ४ का सोेयव अप्टर ४१ रन २ विकेट सहित म्यन अफ डी म्याच भएका छन् । फाईनल खेल भोली विहान ९ बजे हुनेछ । “उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान” भन्ने मूल नाराका साथ रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिुित रामपुरको सञ्चालनमा तेस्रो मेयर कप शनिबार विधिवत रुपमा समापन हुँदैछ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update