Shittalpati
क्यानले गर्‍यो ५१ जनाको कोरोना बीमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो । क्यानले एक विज्ञप्ती जारी गरी पुरुष खेलाडी र स्टाफ गरी ५१ जनाको कोरोना बीमा गरेको जनाए पनि त्यसबारे पूर्ण विवरण खुलाइएको छैन ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले क्यानले पहिलो चरणमा पुरुष खेलाडीसहित मैदान स्टाफ र क्यानकै केही स्टाफको बीमा गराएको हो । क्यान स्रोतका अनुसार २३ खेलाडी, कीर्तिपुर मैदानका १६ जना ग्राउण्ड स्टाफ, मूलपानी मैदानका ६ स्टाफ र क्यानका ६ जना स्टाफ गरी ५१ जनाको बीमा गरिएको हो । महिला खेलाडीको पनि बीमा गर्ने भनिए पनि तत्काल कुनै प्रतियोगिता नभएकाले बीमा पछि गरिने भएको हो । क्यान स्रोतले भने महिला खेलाडीको डकुमेन्ट प्राप्त भइनसकेकाले केही समय लाग्ने जनाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो दरमा रहेकाले विभिन्न खेल संघहरुले खेलाडीकोमा गराउन थालेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update