Shittalpati
आईपीएल २०२० : फाइनल खेल मुम्बईमा

काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३ औँ सिजन आउँदो मार्च २९ तारिखदेखि सुरु हुँदैछ । फाइनल खेल मे २४ मा हुनेछ । आईपीएलको खेल समयमा कुनै पनि परिवर्तन भएको छैन । झण्डै सबैजसो खेल राति ८ बजे देखि नै सुरु हुने जनाइएको छ । यस सिजनको आईपीएलमा पाँच दिन मात्रै दैनिक दुई वटा खेल हुनेछन् । आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) काअध्यक्ष सौरभ गांगुलीले खेलको समयमा कुनै पनि परिवर्तन नगरिएको जानकारी दिए ।

यसैगरीयो सिजनदेखि ‘कन्कशन सब्सटिच्युट’ नियम लागु हुनेछ भने थर्ड एम्पाएरले नो बलमा पनि निर्णय गर्न पाउने छन् । ‘कन्कशन सब्सिच्युट’ नियम गतवर्ष एसेज टेस्टबाट लागू भएको थियो । त्यतिबेला स्टिभस्मिथ घाइते भएपछि मार्नस लाबुशेन टिममा आएका थिए । ‘कन्कशन सब्सिच्युट’ नियम भनेको घाइते खेलाडीको ठाउँमा अरु नै खेलाडीले खेल्न पाउने नियम हो । गएको संस्करणको आईपीएलमा नो बलका विषयमा धेरै टिप्पणी भएपछि यसवर्षदेखि थर्ड एम्पाएरले नो बलमा निर्णय गर्न पाउने भएका हुन् । आईपीएल सुरु हुनुभन्दा तीन दिनअघि ‘अल स्टार्स गेम’ आयोजना गर्ने निर्णय पनि गरिएको छ । यसमा अन्तर्राष्ट्रिय चर्चित खेलाडीको एउटा टिमर भारतीय टिमबीच ‘शोम्याच’ हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update