Shittalpati
रामपुरमा आजदेखि तेस्रो मेयर कप हुँदै

इमान सिं राना
पाल्पा (रामपुर), उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान, राष्ट्र निर्माणमा मेयर कपको अभियान’ भन्ने मूल नाराका साथ पाल्पाको रामपुरमा आजदेखि तेस्रो मेयर कप–२०७६ सुरु हुँदैछ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिुित रामपुरको सञ्चालन तेस्रो संस्करणको मेयर कप हुन लागेको हो । विगतमा भलिबल, फुटबल र व्याटमिण्टन गरी ३ विधामा प्रतिस्पर्धा हुँदै आएकोमा यस वर्षदेखि थप परिस्कृत गर्दै ८ वटा विधामा प्रतिस्पर्धा हुन लागेको नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष शंकरबहादुर खाँणले जानकारी दिए । माघ १८ गतेसम्म सञ्चालन हुने मेयर कप अन्तर्गत वडास्तरीय पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, खुल्ला व्याडमिन्टन प्रतियोगिता, वडास्तरीय रसी तान्ने प्रतियोगिता, खुल्ला म्याराथुन प्रतियोगिता र वडास्तरीय सटपुट प्रतियोगिता हुनेछन् ।

प्रतियोगिताको पुरस्कार राशीको सार्वजनिक संगै मेयर कपको जानकारी दिन नगर खेलकुद विकास समितिले सोमबार पत्रकार सम्मेलन गरेको थियो । प्रतियोगितामा विजयी मध्ये वडास्तरीय पुरुष फुटबलमा प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २५ हजार, वडास्तरीय पुरुष भलिबलमा प्रथमले ५० हजार, द्वितीयल ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन् । यसैगरी वडास्तरीय उपमेयर कप महिला भलिबलमा प्रथमले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार, वडास्तरीय क्रिकेटमा प्रथमले ३५ हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार, खुल्ला व्याडमिन्टनमा प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार प्राप्त गर्नेछन् ।

वडास्तरीय रसी तान्नेमा प्रथमले १० हजार, द्वितीयले ८ हजार र तृतीयले ५ हजार सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र, खुल्ला म्याराथुनमा प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार बराबरको, वडास्तरीय सट पुट प्रतियोगिता प्रथमले ५ हजार, द्वितीयले ३ हजार र तृतीयले २ हजार बराबरको ट्रफी मेडल सहित र प्रमाण पत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष खाँणले बताए ।

प्रतियोगिताका विजेताले नगद सहित सहित रनि शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । क्रिकेट र म्याराथुन बाहेकका प्रतियोगिता रामपुर ७ किसानबारी खेल मैदानमा हुनेछ । भने क्रिकेट मटेरी खेल मैदानमा हुनेछ । म्याराथुन भने रामपुर ७ विपी पार्कबाट सुरु हुनेछ । मेयर कपको सम्पूर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा नगरका १० वटै वडाका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update