Shittalpati
आर्मीका नरेन्द्रले हात पारे हाफम्याराथुनको उपाधि

मुक्ति न्यौपाने
पाल्पा । तानसेनमा भएको भिक्टोरी रन २०७६ मा हाफम्याराथुनको उपाधि नेपाल आर्मीका नरेन्द्रसिंह रावलले हात पार्न सफल भएका छन् ।

शनिबार भएको २१ किलोमिटरको दूरीको दौडमा १ घण्टा १६ मिनेट ९ सेकेण्डमा पूरा गरी गणेशदलगण, काठमाडौंमा कार्यरत रावलले उपाधि हात पार्न सफल भएका हुन् । हाफम्या राथुनमा रुकुमका दुर्गाराज बुढा द्वितीय भए । उनले १ घण्टा १८ मिनेट ३० सेकेण्डमा सो दूरी पार गर्दा नेपाल आर्मीका सुवास कार्कीले ५ सेकेण्डले पछाडी पर्दै तृतीय भए । आर्मीकै शिवबहादुर रायमाझी भने सान्तना हुन पुगे ।

प्रतियोगितामा प्रथमले ५० हजार दोस्रोले ३० हजार, तेस्रोले १५ हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । छात्र तर्फको ५ किलोमिटर भक्तपुरका सागर श्रेष्ठले १९ मिनेट १ सेकेण्ड ६ पल्समा पूरा गरी प्रथम भए । छात्रातर्फ प्यूठानकी भूमी बुढामगरले २२ मिनेट ५० सकेण्ड ८७ पल्समा पूरा गरी प्रथम भइन् । छात्रतर्फ युनिस सारु द्वितीय, प्रविण बोहोरा तृतीय र नारायण कुष्वाहा सान्त्वना भए । छात्रातर्फ खिमा शेरचन द्वितीय, सञ्जु गाहा तृतीय र सपना सारु तृतीय भए । विजयी खेलाडीहरुलाई नं.२२ का बाहिनीपती सहायकरथी सुदर्शन सिल्वालले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । उनले नेपाल–अंग्रेज युद्वमा विजय प्राप्त गरेको दिनको सम्झनामा दौड प्रतियोगिता गरिएको बताए । जिल्लाका स्थानीय तहसँगको समन्वयमा नेपाली सेना, गोरख दलगणले दौड प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  ०५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update