Shittalpati
पाल्पामा हुने भिक्टोरी रनको तयारी अन्तिम चरणमा

पाल्पा, विजय दौड भिक्टोरी रन पाल्पा २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रर्वद्धन गर्ने उद्देश्यले माघ ११ गतेदेखि हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । जिल्लाका स्थानीय तह र नेपाली सेना गोरख दल गणको संयुक्त आयोजनमा प्रतियोगिता हुन लागेको छ । प्रतियोगितामा ९० प्रतिशत काम सकिएको खोरखदल गणका मेजर मनोज डंगोलले जानकारी दिए ।

प्रतियोगितको नेपाली सेना सुई नम्बर २२ बाहिनी अड्डाका बाहिनी पति सहायक रथी सुदर्शन सिलुवालले उद्घाटन गर्ने कार्यक्रम तय भएको मेजर डंगोलले बताए । जिल्ला समन्यवका कार्यवाहक प्रमुख मिरा मरासीनीको अध्यक्षता गणका गणपति सुरज थापाको संयोजकमा प्रतियोगिता हुन लागेको गणले जनाएको छ । प्रतियोगिता अन्तर्गत २१ किमी खुल्ला (हाफ म्याराथन) ५ किलो मिटर दौड कक्षा १२ सम्मका छात्र–छात्रा र वाकाथुन ३ किमी इच्छुकको सहभागितामा दौड प्रतियोगिता हुने छ । प्रतियोगिता अन्तर्गत २१ किमी खुल्ला (हाफ म्याराथन) मा प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार १५ हजार र सान्त्वना ५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी ५ किमी दौड अन्तर्गत कक्षा १२ सम्मका छात्र–छात्रा बीच हुनेछ । जस अन्तर्गत प्रथम पुरस्कार २० हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार २ हजार रहेको छ ।

प्रतियोगितामा वाकाथुन ३ किलोमिटिर दौडमा ईच्छुक सहभागी हुन पाउने गणले जनाएको छ । प्रतियोगिता अन्तर्गत २१ किमी दौड हाफ म्याराथुनका लागि टुँडिखेल, तानसेन बजार र भैरवस्थान मन्दिरबाट फिर्ता हुंँदै टुँडिखेल रुट प्रयोग हुनेछ । यस्तै ५ किमी दौड अन्तर्गतको प्रयोग हुने रुट टुँडिखेल, तानसेन बजार, श्रीनगरबाट फिर्ता हँुदै टुँडिखेल रहने छ । वाकाथुन ३ किमीको रुट टुँडिखेल, तानसेन बजार हुँदै टुँडिखेलको रुट
प्रयोग हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update