Shittalpati
रामपुर नगर खेलकुद विकास समितिमा : खाँण

पाल्पा(रामपुर), रामपुर नगर खेलकुद विकास समितिको अध्यक्षमा शंकर बहादुर खाँण चयन भएका छन् । रामपुर नगरपालिकाका युवाहरुको भेलाले खाँणको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा देव बहादुर श्रेष्ठ, उपाध्यक्षमा मणीरत्न खाँण, महासचिवमा राजु गुरुङ, कोषध्यक्षमा कालु थापा, सचिवमा सञ्जु परियार र सह–सचिवमा नारायण श्रेष्ठ र सदस्यहरुमा नवीन भट्ट, भानु शाही, अमृत गाहा, देव बहादुर थापा, गोविन्द बहादुर राना, मदन हमाल र बृहस्पति खाँण रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update