Shittalpati
छनोट खेल अक्टोवर र  नोभेम्वरमा गर्न प्रस्ताव

काठमाडौं । एसियाली फुटबल फेडेरेसन (एएफसी)ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोवर र नोभेम्वरमा छनोट खेलहरु गर्ने प्रस्ताव गरेको छ ।

जसअनुसार म्याचडे ७ र ८ को खेलहरु अक्टोवर ८ र १३ मा हुनेछन् भने म्याचडे ९ र १० का खेलहरु नोभेम्बर १२ र १७ मा हुने एएफसीले जनाएको छ । छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले घरेलु मैदानमा तीन खेल बाँकी छ । गत चैतमा अष्ट्रेलिया र चाइनिज ताईपेई विरुद्ध नेपालले घरेलु मैदानमा खेल्ने तय भएको खेल स्थगित भएको थियो । यी दुई राष्ट्रसँगै नेपालले जोर्डनसँग पनि घरेलु मैदानमा खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update