Shittalpati
अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त

काठमाडौं । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् । ‘डिबालाको कोरोनाभाइरस कोभिड–१९ को दोहोरो परीक्षण गरिएको छ । दुवैमा नेगेटिभ रिजल्ट आएको छ, इटालियन च्याम्पियन युभेन्ट्सले भनेको छ, त्यसैले अब उनी घरमै आइसोलेसनमा बसिराख्नु पर्नेछैन ।’ २६ वर्षीय डिबालाको यसअघि चार पटक परीक्षण पोजेटिभ आएको थियो ।

उनी ६ साताअघि कोरोनाबाट संक्रमित भएका थिए । उनीसँगै युभेन्ट्सका तीन खेलाडीमाथि कोरोना संक्रमण भएको थियो । डिफेन्डर डानिली रुगानी र ब्लासी माटुइडीलाई पनि कोरोना भएको थियो । दुवै जना कोरोनामुक्ता भइसकेका छन् । युभेन्ट्सका खेलाडीहरू मंगलबारदेखि व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन्। क्लबका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि इटाली फर्किएका छन् । उनी अहिले दुई साताको क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update