Shittalpati
अगष्ट पहिलो साता एफए कपको फाइनल गर्ने तयारी

काठमाडौं, एफए कप फुटबल प्रतियोगिताको फाइनल अगष्टको पहिलो साता गर्ने तयारी भएको छ । अहिलेसम्मको योजना अनुसार एफए कपको फाइनल अगष्टको पाँच या ८ तारिखमा गर्ने तयारी भएको बताइएको छ । यो सिजनको अन्तिम खेलका रुपमा एफए कपको फाइनल हुनेछ । एफएका प्रमुख कार्यकारी मार्क बलिङघमले यदि यो सिजन सुरु नभएको खण्डमा एक सय मिलियन पाउण्ड गुमाउने पक्का भएको बताएका छन् । आर्थिक समस्याका कारण इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले एक वर्षको एक मिलियन पाउण्ड तलब कटौति गरिसकेका छन । यस्तै पदाधिकारीले पनि १५ प्रतिशत तलब नलिने घोषणा गरिसकेका छन् ।

एफए कपका सात वटा खेल खेल्न बाँकी रहेको छ । अहिले क्वार्टरफाइनल चरणमा रहेको एफए कपका बाँकी सबै खेल वेम्ब्ले रंगशालामा खेलाउने तयारी भइरहेको छ । प्रतियोगिताको क्वार्टरफाइनलमा लेस्टर र चेल्सी, न्यूक्यासल र म्यानचेस्टर सिटी, सेफिल्ड र आर्सनल तथा नर्विच र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update