Shittalpati
एन्फालाई  फिफाबाट सहयोग

काठमाडौं, विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना एशोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको छ । जसमा अखिल नेपाल फुटबल सङ्घले पनि पाँच लाख डलर पाउने भएको छ । फिफाले हरेक सदस्य राष्ट्रमा कोरोनाका कारण फुटबल गतिविधि नभएको अवस्थामा आर्थिक रुपमा ठूलो नोक्सानी भएको भन्दै सहयोग गर्ने बताएको थियो । त्यही अनुसार उसले अहिले पाँच लाख डलर दिने भएको हो ।

यो रकम छुट्टै शीर्षकमा भन्दा पनि नियमित बजेटमा आउने भएको छ । यसका लागि फिफाले स्थापना गरेको कोषबाट झण्डै १५ करोड डलर खर्च गर्ने भएको छ । जसमा सदस्यलाई बराबर रुपमा रकम पठाउने भएको छ । यो रकमबाट कर्मचारीको तलब, आर्थिक हिसाब किताब राख्नुपर्ने हुन्छ । यतिबेला विश्वमा जस्तै नेपालमा पनि कोरोनाको असर परिरहेको छ । जसका कारण एन्फाले सबै फुटबल गतिविधि बन्द गर्नुपरेको छ । एन्फाको मुख्यालय पनि बन्द रहेको छ भने अति आवश्यक काम घरबाटै भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update