Shittalpati
रुपन्देहीमा निषेधाज्ञाको पहिलो दिन नै सुनसान

बुटवल, निषेधाज्ञाको पहिलो दिन रुपन्देहीका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी संख्यामा देखिन्छन् । यहाँ बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिनमुख्य सहर बुटवल, भैरहवालगायत सुनसान देखिएका छन् । मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ । बिहानैदेखि मजदुरी गर्न हिँड्ने मानिस र फेरीवालाहरू सडकमा देखिएका छैनन्, भिड निकै कम छ । हाट बजारमा निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका केही कपडा पसलहरू बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले बन्द गराएको छ ।

मिलनचोक र बसपार्कमा खुलेका केही पसलहरू पनि सुरक्षाकर्मीले बन्द गराएका छन् । भोकभोकै बिहानैदेखि तैनाथ रहेका प्रहरीसँग सर्वसाधरणहरुले वादविवाद गर्दै सवारी साधन चलाउन खोजेका छन् । तर, प्रहरीले विभिन्न बाहनामा चलेका निजी र सार्वजनिक सवारी साधनलाई सडकमै ‘होल्ड’ गरेको छ । निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ । सुरक्षाकर्मीका प्रयासका बाबजुद बुटवलका भित्रि सडकमा भने केही ईरिक्सा तथा रिक्साहरू यात्रु बोकेर हुँइकिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरू सञ्चालन भइरहेका छन् । तिनकुने चोकको सडक किनारमा भूइँमा राखिएका तरकारी पसलहरूमा किन्रुनेहरूको केही जमघट देखिन्छ । संक्रमण बढ्रुदै गएपछि रुपन्देहीमा जिल्ला प्रशासनले बैशाख ३० गते विहान ६ बजेसम्मका निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update