Shittalpati
लुम्बिनी विकासका लागि प्रदेशबीच सहकार्य गरिने

सिद्धार्थनगर । लुम्बिनीको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीका विषयमा जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तारिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिवद्धता ब्यक्त गरेका थिए । लुम्बिनी भ्रमणका लागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्तालाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बौद्धदर्शन बारेमा जानकारी गराएका थिए । भ्रमणका क्रममा प्रदेशका मन्त्री तथा सचिवले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले पनि सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन सकिने बताए ।  –रासस

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update