Shittalpati
विषादी सेवनबाट तीनको मृत्यु

पाल्पा । लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार लुम्बिनी प्रदेशका बाँके, बर्दिया र कपिलवस्तुका छुट्टाछुट्टै स्थानमा विषादी सेवनबाट तीन जनाको मृत्यु भएको हो । बाँके खजुरा गाउँपालिका ५ उडरापुरका जाकीर हुसेन जलाहको २३ वर्षीय छोरा लुरन अन्सारीको विषादी सेवनबाट मृत्यु भएको छ । अन्सारीले आफ्नै घरमा ईन्डिका नामक विषादी सेवन गरी विरामी भएका थिए । उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका ६ खल्लागाँउका रमेश थारुको ४१ वर्षीया श्रीमती रातरानी थारुको पनि विषादी सेवनबाट मृत्यु भएको छ । थारुले किटनाशक विषादी सेवन गरी विरामी परेकी थिइन् । उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै कपिलवस्तुमा पनि विषादी सेवनबाट एक जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका १२ ठाकुरापुर स्थित शेर बहादुर पाण्डेको २२ वर्षका छोरा राहुल कुमार पाण्डेको विषादी सेवनबाट मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । दाङको लमही नगरपालिका १ नर्ति स्थित भे १० प १५४९ नं.को मोटरसाइकलले ठक्कर दिदाँ पैदल यात्री लमही नगरपालिका २ दोलही बस्ने ७५ वर्षीय भरथारी चौधरीको मृत्यु भएको हो । बाटोमा हिडिरहेका उनलाई मोटरसाईकलले ठक्कर दिदाँ गम्भीर घाइते भएका थिए । घाइते उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

मोटरसाईकल अनियन्त्रित भई पल्टदा मोइटरसाइकलमा सवार दुई जना घाईते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक अछाम बागंगढी गाउँपालिका ५ का २९ वर्षीय भोला रावल र पछाडी सवार रुकुम सानो भेरी गाउँपालिका ५ की २३ वर्षीया उमा केसी घाइते भएका हुन् । उनीहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update