Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

पाल्पा । लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँची,कपिलवस्तु र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गमा रा.१ ख.२०२१ नं.को टिप्परले साईकललाई ठक्कर दिँदा साईकलमा सवार गढवा गाउँपालिका १ का २६ वर्षकी जमुना कुमालको मृत्यु भएको हो । टिप्परको ठक्करबाट साईकल चालक उनका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल र उनी घाइते भएकी थिइन् । घाइते जमुनाको प्राथमिक स्वास्थ्य चौकी लालमटियामा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ । उनका बुबा बुद्धिरामको भने जेनस अस्पताल बुटवलमा उपचार भई रहेको छ । टिप्पर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

यस्तै कपिवलवस्तुमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ । यशोधा गाउँपालिका ५ बभानी चोक स्थित तौलिहवा मर्यादपुर भित्रि सडक खण्डमा लु ८ प ३१९८ नं.को मोटरसाइकलले पैदल यात्री वडा ३ की ६२ वर्षीया राजमती कोरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । त्यस्तै बाँकेमा पनि मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ७ थपप्टटलि स्थित हुलाकी सडक खण्डमा लगत्तनपुरदेखि नेपालगंजतर्फ जाँदै गरेको भे ६ प ७२४० नं. को मोटसाइकलले सोही स्थानका ६९ वर्षीय करुवा थारुलाई ठक्कर दिदा घाईते भएका थिए । घाइते उनको उपचारको क्रममा नर्सिङ होम नेपालगंजमा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update