Shittalpati
प्रदेश पाँचका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीनको मृत्यु

पाल्पा । प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु, बाँके, र दाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमी नगरपालिका ९ चौवन्नपुर स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आईरहेको लु.१० प.५९२४ नं.को मोटरसाईकललाई विपरित दिशातर्फ जाँदै गरेको लु.१ च.५४४८ नं.को बोलेरो पिकअप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक डुमराका ४५ वर्षका रामधनी चौधरी थारुको मृत्यु भएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । ठक्कर दिने गाडि चालक ईलाका प्रहरी गोरुसिङेको नियन्त्रणमा रहेका छन् ।

यस्तै बाँकेमा विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका ३ हल्बल टोलका आयु खाँ कि श्रीमती ३२ वर्षीया फुलबान खाँले सल्फास नामक बिषादी सेवन गरी विरामी परेकी थिईन् । उनको भेरी अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । किन विषादी सेवन गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । त्यस्तै दाङमा एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ । दाङको घोराही उपमहानगरपालिका १० पशुपति टोलमा दाहालको कुल पुजा गर्ने मन्दिर परिषरमा बस्ने ५२ वर्षका हिरालाल बिक मृत अबस्था भेटिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update