Shittalpati
प्रदेश पाँचका ६ अस्पताल स्तरोन्नती हुँदै

बुटवल । प्रदेश पाँचका ६ अस्पतालहरुको स्तरोन्नती गरिने भएको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ६ वटा जिल्लास्तरीय अस्पताललाई ५० शैयामा स्तरोेन्नती गर्ने भएको हो । प्रदेश सकारले रुकुमपूर्व, रोल्पा,कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई स्तरोन्नती गर्ने निणर्य गरेको जनाइएको छ । बैठकले भीम अस्पताल र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुम पूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले शवबहान खरिदका लागि प्रदेशका प्यूठान नगरपालिका प्यूठान, गुलरिया नगरपालिका बर्दिया,सिस्ने गाउँपालिका रुकुम,रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका अर्घाखाँची, रामग्राम नगरपालिका नवलपरासी गरी ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ । त्यस्तै रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । त्यसैगरी बैंठकले त्रिवेणी गाउँपालिकाको वडासंख्या र सीमाना हेरफेर गरी क्रममिलान गर्ने गाउँपालिकाको प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update