प्रदेश न. ५

प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु

Shittalpati Reporter

पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रदेश पाँचका बर्दिया, बाँके, दाङमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो । बर्दिया बढैयाताल गाउँपालिका ८ कण्ठपुरमा छतबाट लडी एक जनाको मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ । सोही स्थानका ५० वर्षीय कर्ण बहादुर सुनारले मादक पदार्थ सेवन गरी आफ्नै घरको छतमा सुत्न जाने क्रममा लडी घाइते भएका थिए । उनको उपचारको लागि नेपालगञ्ज नर्सिङ होम लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बाँकेको नेपालगञ्ज उपमहानगपालिका २३ मा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । सोही स्थानकी ४० वर्षीया रेश्मा खाँले आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरी विरामी भएकी थिईन् । उनाई उपचारको लागि भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारका क्रममा मृत्यु भएको प्रादेशिक प्रहरीले जनाएको छ ।

दाङको घोराही उपमहानगरपालिका १० उत्तरअम्रई स्थित मनठोरीयामा पौडी खेल्ने क्रममा तीन बच्चाको मृत्यु भएको छ । पानीको कुलोमा पौडी खेल्ने क्रममा सोही स्थानका राजु चौधरीको छोरी ४ वर्षीया बालिका, भाजुराम चौधरीको छोरा ८ वर्षीय बालक र भुवन चौधरीको छोरा ३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: बुधवार, भदौ ३१, २०७७, ०२:५८:००
प्रतिक्रिया दिनुहोस्