Shittalpati
राष्ट्रियसभा निर्वाचन,प्रदेश पाँचमा नेकपाका उम्मेदवार विजयी

बुटवल,माघ ९/राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको छ । विहिबार भएको निर्वाचनमा प्रदेश पाँचबाट नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा नेकपाकी उम्मेद्वार विमला घिमिरे विजयी भएकी छन् । घिमिरेले ५ हजार ७ सय ७८ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार एक सय मत ल्याएकी छन् । त्यसैगरी अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मत प्राप्त गरेका छन् । भट्टराईले कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्ण प्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेललाई पराजित गरेका हुन् । यसैबीच प्रदेश पाँचको अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेद्वार बनेका जगप्रसाद शर्मा विजयी भएका छन् । शर्माले ५ हजार ४ सय २४ मत ल्याएर विजयी भएका हुन । उनी नेकपा तर्फका उम्मेद्ववार हुन । दाङ निवासी शर्मा यसभन्दा अगाडी प्रदेश सभामा पराजित भएका थिए । शर्माले काँग्रेसका मेराज अहमद हलवाई, समाजवादी पार्टीका सुनिलकुमार सिंहललाई पराजित गरे ।

प्रदेश पाँचबाट तीन पदका लागि ९ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचनमा ३ सय ३ मत खसेको थियो । प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १८ मध्ये १ सय १७ को मात्रै मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको १८ पदका लागि देशका सातै प्रदेशमा निर्वाचन भएको थयो । निर्वाचनमास्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान खसेको छ ।

निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । विहबिार बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता,उम्मेदवार,राजनीतिकर्मी,निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मी लगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ । निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । यो समाचार तयार पार्दा सम्म निर्वाचनको मतगणना कतिपय स्थानमा आईसकेको र कतिपय स्थानमा आउन बाकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update