Shittalpati
प्रदेशसभा बैठक स्थगित

रुपन्देही । प्रदेश पाँच प्रदेशसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक यही जेठ १३ गते अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेको जानकारी दिए । हिजो इद उल फित्रका अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको थियो । मन्त्रालयले यसअघि आइतबार इद उल फित्रको सार्वजनिक बिदा घोषणा गरे पनि पुनः सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update