Shittalpati
ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ढुवानी ग्राम

रासस
रुपन्देही,बुटवलमा रहेका ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन ‘ढुवानी ग्राम’ निर्माणको शुरुआत भएको छ । बुटवल उपमहानगरपालिकाले वडा १२ नयाँगाउँमा ग्राम बनाउने कार्य अगाडि बढाएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गुरुयोजना बनाई ग्रामको काम शुरु भएको जानकारी दिए । ग्राम निर्माणका गर्न उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच हालै सम्झौता समेत भएको थियो ।

एक वर्षको अवधिभित्र नै तोकिएका सेडहरु निर्माण गर्ने गरी सम्झौता भएको जनाइएको छ । गुरुयोजनाअनुसार ग्रामको कूल अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार ६ सय ७४ रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । सेड निर्माणको अनुमानित लागत प्रति सेड २६ लाख ३२ हजार ३ सय २० का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार ६ सय ८० रहेको छ । निर्माण हुने एउटा सेड एक हजार ५ सय ५० वर्गफुट क्षेत्रफलको हुनेछ । प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update