Shittalpati
रिब्दीकोटमा नेपाली सेनाको विपद् प्रतिकार्य तालिम

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिकामा नेपाली सेनाको विपद् प्रतिकार्य तालिम सकिएको छ । नेपाली सेना गोरखदल गणको संयोजनमा भएको चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम आइतबार सकिएको हो ।

गाउँपालिकाको भवनमा तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले नेपाली सेनाले गाउँमै पुगेर प्रदान गरेको विपद् प्रतिकार्य तालिमले धनजनको क्षति कम हुने विश्वास व्यक्त गरे । उनले सेनाले सामाजिक क्षेत्रमा देखाएको कार्यको प्रशंसा गर्दै धन्यावद दिए ।

नेपाली सेना गोरखदल गणका गणपति प्रमुख सेनानी सुरज थापाले समाजमा भइपरी आउने दैविक प्रकोपका लागि पूर्व तयारी आवश्यक रहेकाले जिल्लाका दशैं वटा स्थानीय तहहरुमा तालिम सञ्चालन गर्दै आएको बताए । आगामी दिनहरुमा पनि स्थानीय सरकारसँगको सहकार्यमा यस्ता किसिमका तालिमहरुलाई निरन्तरता दिर्दै जाने धारणा व्यक्त गरे । तालिमले स्थानीय शिक्षार्थीहरुमा आत्मविश्वास पैदा हुनुको साथै विपद्को समयमा अमुल्य जीवन जोगाउन सार्थक हुने प्रमुख सेनानी थापाले बताए । तालिममा २४ जना स्थानीयहरुको सहभागी रहेको थियो । तालिममा अग्नि नियन्त्रण, भग्नावेशमा पुरिएका व्यक्तिको उद्दार, पानीमा डुबेका र बगेका व्यक्तिको उद्दार तथा प्राथामिक उपचारका विषयमा तालिम दिइएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update