Shittalpati
छुवाछुत प्रथाको अन्त्यका लागि उचित निती आवश्यक
undefined

पाल्पा(रामपुर), पुस ७/जिल्लाको रामपुरका सरोकारवालाहरुले समुदायमा हुने छुवाछुत प्रथाको अन्त्यका लागि स्थानीय तहले सचेतामुलक कार्यक्रम संगै भेदभाव विरुद्धको उचित निती ल्याउनु आवश्यक रहेको बताएका छन् । दलित महिला केन्द्र नेपालले आयोजना गरेको स्थानीय तहमा दलित महिला सदस्यहरुको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । दलित समुदायका अगुवा अर्जुन सुनारले राजनैतिक दलहरुले आफ्नो स्वार्थका लागि दलित समुदायका लागि प्रयोग गरेको भन्दै अब त्यस भन्दा माथि उठेर समुदायको उत्थानमा लाग्ने समय आएको बताए । उनले हाल सम्म पनि समाजमा छुवाछुत प्रथा हुनु विडम्बना भएको भन्दै यसका लागि उचित कदम चाल्नु आवश्यक रहेको बताए । दलित समुदायका अगुवा यम बहादुर सुनार र डिल बहादुर कौसीले दलित समुदाय माथि हुने विभेद अन्त्यका लागि स्थानीय तहहरुले छुवाछुत मुक्त नगर घोषणामा जोड दिनु पर्ने बताए ।का र्यक्रममा धन बहादुर सुनार, भिम बहादुर सुनार, बसन्त नौवाय, सञ्जु परियार, टिका सुनार, सञ्जु परियार, लगाएत दलित समुदायका अगुवाहरुले दलित समाजमा विगतको तुलनामा छुवाछुत प्रथा कम भए पनि समाप्त हुन नसकेको बताए । कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा सदस्य पार्वती परियार, रामपुर ५ का वडा सदस्य मायाँ नेपाली,७ का वडा सदस्य मिठ्ठु मायाँ सुनार लगाएतले आफ्नो अनुभव व्यक्त गरेका थिए । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई र नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराईले रामपुर क्षेत्रका राजनैतिक दलहरु छुवाछुत प्रथाको विरुद्धमा रहेको बताएका थिए । ५ का वडा अध्यक्ष हिमाल मल्लले वडाले दलित समुदायको उत्थानको लागि आवश्यक सहयोग गर्दै आएको जानकारी दिए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले समाजमा सबै भन्दा ठूलो कुरा मन मिल्नु आवश्यक रहेको भन्दै दलित समुदायको उत्थानको लागि एकता आवश्यक रहेको बताईन् । त्यस्तै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले चेतनाको विकास नहुँदा सम्म परिवर्तन सम्भव नभएकाले शिक्षामा ध्यान दिनु पर्ने बताए । कार्यक्रमको सहजीकरण दलित महिला केन्द्र नेपालका कार्यक्रम अधिकृत कृष्ण दर्नालले गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  ०५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update