ग्यालरी

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै माथागढी

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर साथमा विद्यार्थीलाई टिका लगाईदिदै गाउँपालिकाका शैक्षिक कार्यक्रम संयोजक अशेष भट्टराई । गाउँपालिकाको शिक्षा शाखाले चिदीपानीमा अवस्थित जाउपोखरा आधारभुत विद्यालय र नव जागृत प्राविमा मगर मातृभाषामा अध्ययनरत १ सय ४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई झोला, कापी, पेन्सिल, डटपेन र ज्यामिट्री बक्स लगायतका शैक्षिक सामग्री दिइएको छ । गाउँपालिकाका तीन वटा विद्यालयमा मात्र मातृभाषामा अध्ययन हुने गर्दछ । तस्वीर: एनजेडी