Shittalpati
कोरोना आशंका गरिएका दुई जनाको मृत्यु

काठमाडौं, कोरोना आशांकामा अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ । कोरानोको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवक र वीर अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको हो । कोरोना आशंकामा पाटन अस्पतालको आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको विहान मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भए पनि रिपोर्ट आइसकेको छैन् । उनमा अत्याधिक ज्वरो आएको थियो । त्यस्तै वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी चन्द्रागिरी नगरपालिका १५ कि एक जना युवतीको पनि मृत्यु भएको छ । वीर अस्पतालका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो । उनी भारतबाट यही साता नेपाल आएकी थिइन् । कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update