Shittalpati
पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ७ जना, माथागढी गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ४ जना, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या १२ हजार ४ सय २३ पुगेको छ । जसमा ५ हजार ६ सय ९९ महिला र ६ हजार ७ सय २४ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन । यस्तै एन्टिजेन परीक्षणमा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकाका १/१ जना, रैनादेवी छहरा गाउँपालिकाका ३ जना र रिब्दीकोट गाउँपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार ७ सय २२ पुगेको छ । जहाँ २ हजार ९ सय ८४ जना
महिला र २ हजार ७ सय ३८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख छ । जिल्लामा अहिलेसम्म ५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५७ जना होम आइशोलेसन र १ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४ हजार १ सय ७७ नमूना परीक्षण गर्दा ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४२ र २ हजार ३ सय ७१ जनाको एन्टीजेन परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुगेको छ ।
बुधबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा अवधिमा थप १ सय सय जना कोरोनामुक्त भएका छन् भने थप ३९ हजार ४ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update