आज खेलकुद पत्रकार दिवस मनाइँदै
विश्व
भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनुपर्ने

पाल्पा, नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत भारतीय नागरिकले आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको हो ।
उक्त विज्ञप्तिमा भारतीय नागरिकले दूतावासबाट लिइने कुनै पनि कन्सुलर सुविधाका लागि रजिस्ट्रेशन गर्नुपर्ने व्यवस्था गरिएको उल्लेख छ । भारतीय नागरिक भएको पहिचान खुल्ने परिचयपत्र (पासपोर्ट वा भोटर आईडीकार्ड), अध्ययन वा रोजागरी गरिरहेको संस्थाले उपलब्ध गराउने प्रमाणपत्र, बसोबास गरिरहेको स्थानको ठेगाना, दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजात पेश गरी रजिस्ट्रेशन गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९, ०७:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!