Shittalpati
आज विश्व पर्यटन दिवस

पाल्पा, आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।

आज पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरि दिवस मनाइदै छ । मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो त्यसैले अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न विश्व पर्यटन दिवसको महत्वपूर्ण भूमिका रहेको छ । पर्यटन व्यवसायीहरुले दिवशको अवसरमा हाइकिङ, ट्रेकिङका कार्यक्रमहरु आयोजना गरी मनाउने भएका छन् । कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्रको सुधार गर्न र आन्तरिक तयारीका साथ पर्यटन प्रवद्र्धन गर्न यो दिवसले महत्वपूर्ण भूमिका खेल्नेमा पर्यटन व्यवसायीहरु विश्वस्त रहेका छन् । नेपालमा गुणस्तरीय पर्यटन प्रर्वद्धनका लागि पर्वतारोहण र पर्वतीय पदयात्रानै मुख्य हो । यसको थप व्यवस्थापनमा राज्यले समेत जोड दिनु पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update