Shittalpati
एनआरएनएको अधिवेशन : महासचिव पदमा गुल्मीका खरेलको उम्मेदवारी

गुल्मी , गैर आवासीय नेपाली सघं एनआरएन जापानको अधिवेशन नजिकिँदै गर्दा माहोल बढ्दै जान थालेको छ । विभिन्न पदका आकाक्षींहरुले महाधिवेशनका लागि आफ्नो उम्मेदवारी दिने क्रममा पनि बढेको छ । नेतृत्वका लागि उम्मेदवारीसगैं विभिन्न चुनावी प्रतिवद्धताहरु पनि आएका छन् ।
यसैबीच लामो समयदेखि जापानमा रहेका टिकाराम खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । खरेल हाल एनआरएनएको सचिव पदमा कार्यरत छन्। खरेलले ‘ईमान्दारिता, आर्थिक पारदर्शिता र लगनशिलता, सक्षम, सबल र साझा एनआरएनए मेरो प्रतिबद्दता’ भन्ने प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

खरेलले गैर आवासीय नेपालीहरुका समस्या समाधान,जनचेतना मुलक कार्यक्रम, जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उच्च शिक्षा तथा रोजगारी लक्षित कार्यक्रम, छात्रवृत्तिका कार्यक्रम, भाषा कक्षा तथा विभिन्न सीपमुलक तालिमहरुको व्यवस्थापन लगायत अन्य थुप्रै महत्वकाक्षीं कार्यक्रम आफ्नो चुनावी प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
२००८ सालदेखि संस्थाको साधारण सदस्य रहँदै आएका खरेल २०१३ सालबाट नेतृत्व तहमा रहँदै आएका छन् । यस अगाडि आफुले लामो समयदेखि सानो तहदेखि कार्य गर्दै आईरहेको र आफ्नो अनुभव, कार्यसम्पादनले आफु महासचिव पदका लागि सक्षम रहेको भन्दै उनले सबैलाई भोटका लागि अपिल गरेका छन् ।

गुल्मी जिल्लाको साविक अर्लाङ्कोट गाउँ विकास समितिमा जन्मिएका खरेलले नेपालमै रहँदा पनि शिक्षण पेशा र सामाजिक कार्यमा सलंग्न थिए । हाल लामोसमय देखि जापानमा व्यवसाय गर्दै आएका खरेल झण्डै विभिन्न आधा दर्जन सामाजिक सघंसंस्थामा कार्यरत छन् ।

यस्ता छन् खरेलको चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताहरु :

१–जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या,समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरी त्यसलाई चौवीसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।

२–जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन–चेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने छु ।

३–नेपाली–नेपाली बीचको एकता र सद्भावनालाई अझै बढी प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ–संस्थासंग सुमधुर सम्बन्ध कायम राख्न सक्रिय रहने छु ।

४–अध्ययनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु ।

५–विद्यार्थी केन्द्रित क्षमता अभिबृद्धीका कार्यक्रमहरु सञ्चालन गर्ने जस्तै वक्तृत्वकला,चित्रकला,हाजिरीजबाफ आदी–आदी ।

६–विद्यार्थीहरुले अहिले प्राप्त गकिरहेको छात्रवृति लगायतका अन्य सुविधाहरुलाई अझै थप र ब्यवस्थित गर्नमा पहल गर्ने ।

७– जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ ।

८–बालवालिकाहरुको लागि केन्द्रित गरी नयाँ कार्यक्रमहरु तर्जुमा गरिने छ ।

९– एनआरएन जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।

१०–आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिति बनाईने छ र जसको प्रत्येक महिना अडिटिङ् गर्नुका साथै सम्पुर्ण विवरण जापानवासी नेपाली समुदायमा सार्बजनिक गरिने छ ।

११–समय सापेक्ष विधानमा परिमार्जन गरिने छ ।

१२–अन्य भै परि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु । – कौरव खत्री

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update