Shittalpati
पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चालक बर्दिया बासगढी नगरपालिका–६ का ३६ वर्षीय जग्गु डाँगी रहेका छन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डाँगी झुम्सा चौकीभञ्ज्याङ भित्र सडक मर्मत सम्बन्धि लेवर काम गर्दै आएका थिए ।

त्यस्तै घाइते हुनेमा मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३० वर्षीय दिपेन्द्र चौधरी रहेका छन् । उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । चौधरीको अवस्था भने सामन्य रहेको जनाइएको छ । उनी पनि मृतक डाँगीसँगै झुम्सामा लेवर काम गर्दै आएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update