Shittalpati
१२ हजार भित्रिए, २३ हजार बाहिरिए

काठमाडौं,गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४ सय ६८ जना विदेशी नागरिक र १० हजार ९ सय ३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।

गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको तथ्याङ्क दोब्बर छ । सो अवधिमा २३ हजार १ सय ३५ बाहिरिएका छन् । बाहिरिनेमध्ये नौ हजार ९ सय ७७ विदेशी र १३ हजार १ सय ५८ जना नेपाली छन् । अन्य महिनाको तुलनामा मेमा कम संख्यामा विदेशी नेपाल भित्रिएका छन् ।

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका थिए । विभागको तथ्याङ्कअनुसार अप्रिलमा १सय ४४ देशबाट २२ हजार ४ सय ५० जना विदेशी नेपाल भित्रिएका थिए । यस्तै, गत अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७ सय ७५ नेपाली विदेशिएका छन् । –रासस

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update