Shittalpati
चिसो बढेसँगै  विद्यार्थीलाई न्यानो कपडा

गुल्मी, जिल्लामा रहेको डिभाइन युथ क्लवले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले जिल्लाको रेसुङ्गा नगरपालिका ४ मा रहेको जनहित प्राविमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई न्यानो कपडा सुइटर र टोपी वितरण गरेको हो ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार मरासिनीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए । कपडा वितरण गर्दै अध्यक्ष मरासिनीले चिसो बढिरहेको बेला क्लवले गरेको सहयोग प्रशंसनिय रहेको बताए । उनले विद्यार्थीहरुका लागि गरिएको सामाजिक कार्यले समाजमा सरकारबाट भन्दा पनि निजी क्षेत्रबाट केहि गर्न सकिन्छ भन्ने उदाहरण बोकेको बताए । चिसो बढ्दै गएसँगै असहाय अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष शुष्मा घिमिरेले बताइन् । क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नुपर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको उनको भनाई छ  ।

क्लवले गत वर्ष तिहारमा देउसी भैलो खेलेर विभिन्न सामाजिक कार्य गरेको थियो । उपल्लो तम्घासमा रहेका फरक क्षमताका विद्यार्थीहरुले पढने विद्यार्थीहरुलाई कपडा वितरण, सिमिचौर, दुबीचौर, दरबारदेविस्थामा रहेका विद्यालयमा पुगेर असहाय, अशक्त विद्यार्थीहरुलाई क्लवले शैक्षिक सामग्री वितरण गर्दै आएको छ । त्यस्तै क्वलले जिल्लाका धार्मिक मठ मन्दिरहरुमा सरसफाई, जिल्लामा हुने विभिन्न स्वास्थ्य शिविरहरुमा स्वयसेवकको रुपमा समेत काम गर्दै आएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update