Shittalpati
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो

कृष्ण पोखरेल
तानसेन,पाल्पा कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनमा चुनौती बनेको छ । जिल्लामा दैनिक सय भन्दा बढी संक्रमित देखिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिदै गएको हो । यहाँका स्थानीय तह र अस्पतालहरुले केही मात्रमा आइसोलेसन सेन्टरहरु निर्माण गरेपनि पर्याप्त भने हुन सकिरहेको छैन् । संक्रमितको अवस्था अत्याधिक रहेको र आगामी दिनमा अझ बढ्न सक्ने भएकाले यहाँ सञ्चालित ठूला होटलहरुलाई समेत आइसोलेसन सेन्टर बनाइएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधीमा एक हजारको हारहारीमा कोरोना संक्रमित थपिएपछी जिल्लामा सञ्चालित ठूला होटलहरुलाई आईसोलेसन सेन्टर बनाइएको हो ।

जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितिले ठूला–ठूला होटलहरुलाई आईसोलेसन बनाउन स्विकृत दिएसँगै होटल सञ्चालकहरुले होटलका कोठाहरुलाई आइसोलेसन बनाएका हुन् । अन्य पालिकाको तुलनामा सदरमुकाम तानसेनमा घरैपिच्छे सक्रमित बढेको, अधिकाशं परिवारका सबै सदस्यहरु कोरोना सक्रमित भएको, घरमा सक्रमित विरामीहरुलाई समेत पकाएर खान दिने आफन्त समेत नभएकाले होटलहरुलाई आईसोलेसन बनाउनु परेको पाल्पा होटल तथा रेष्टुरेष्ट व्यवसायी समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए ।

होटल व्यवसायी तथा सञ्चालकहरुको संयुक्त बैंठकले संक्रमितको विरामीका लागि दुई पटक खाना, दुई पटक खाजा, चियाँ कफी, विरामीले आफै तातो पानी तताउन मिल्ने विद्युतिय जगको व्यवस्था गरिएको मोनिका गेष्ट हाउसका सञ्चालक जीवलाल सुवेदीले बताए । संक्रमित विरामीका लागि एट्याच ट्वालेट, बाथरुम, तातोपानीको व्यवस्था, आवश्यकता अनुसार विरामीका लागि अक्सिजन समेत व्यवस्था गरिएको होटल अन्नपूर्णका सञ्चालक लक्ष्मण बस्यालले बताए । खाना, खाजा सहित होटलमा डवल बेड रुमको लागि प्रति व्यक्ति दैनिक दुई हजार, पर्सनल कोठाको लागि प्रति दिन रु तीन हजार शुल्क निर्धारण गरिएको अध्यक्ष श्रेष्ठले बताए । हामीले अति न्यूनत मुल्यमा मानविय सेवाका लागि यो पवित्र कार्यमा हात हालेको उनले बताए । पहिलो चरणमा होटल श्रीनगर, होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, होटल सिम्रिक र होटल ताजले आईसोलेसन सञ्चालन गरेका छन् । यी होटलहरुसँग ३ सय बेड रहेको आवश्यकता अनुसार अन्य होटलहरु थप्दै जाने संघका अध्यक्ष श्रेष्ठले बताए । गत बर्ष संक्रमितहरुलाई स्थानीय सरकारले वडा वडा तथा विद्यालयमा क्वारेन्टाइन निर्माण गरी संक्रमितहरुको व्यवस्थापन गर्दै आएको भएपनि यस बर्ष सबै सक्रमितहरु होम आईसोलेसनमा बस्दै आएका छन् । एक सक्रमित सदस्यबाट परिवारका अन्य सदस्यहरुका सक्रमित नहोस् भन्नको लागि होटल आईसोलेसन उपयुक्त भएको जिल्लास्तरीय बैठकमा सबैको सहमति मिलेको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update