Shittalpati
‘सहकारी सन्देश’ बुलेटिन प्रकाशन

इमान सिं राना
पाल्पा (रामपुर), अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरले २१ औं स्थापना दिवसको अवसरमा ‘सहकारी सन्देश’ नामक त्रैमासिक बुलेटिन प्रकाशनमा ल्याएको छ । सहकारी शिक्षासँगै संस्थाको गतिविधि बारे शेयर सदस्यहरुलाई जानकारी दिने उद्देश्य बुलेटिन प्रकाशनमा ल्याएको हो । स्थापना दिवसको अवसरमा आयोजित सदस्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा आईतबार बुलेटिन विमोचन गरिएको छ ।

बुलेटिनको विमोचन गर्दै प्रदेश पाँचका सदस्य युवराज खनालले सहकारीले यस क्षेत्रलाई समृद्ध बनाउन आत्मनिर्भर कसरी गराउने र आयस्रोत कसरी वृद्धि गर्ने भन्ने विषयमा सहकारीले खेलेको भूमिकाको चर्चा गरेका थिए । उनले सबैको समानुपातिक विकासबाट मात्र मुलुकको समृद्ध बन्ने भन्दै यसका लागि समान सहभागिता गराएर अघि बढ्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष शुकदेव पोखरेलले स्थानीयस्तरमा रहेका पूँजीलाई स्थानीयस्तरमा रहेका वित्तिय संस्थाहरुमा संकलन गरेर स्थानीय स्तरमै प्रयोग गर्ने नीति ल्याउनु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा संस्थाका सल्लाहकार कमलराज भट्टराई, नेत्रप्रसाद भट्टराई, लेखा उपसमिति संयोजकका उपसमिति सदस्य विष्णुप्रसाद लम्साल, अन्धकार मुक्ती मनकामना महिला केन्द्रका प्रमुख मञ्जु राना, श्रीराम महिला केन्द्रका सरिता गैरे, व्यवसायी कमलराज ओस्ती र लक्ष्मी राना लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले संस्थाको गतिविधिका बारेमा प्रकाश पारेको थिए ।

संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षता, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वागत, कोषध्यक्ष देवेन्द्रप्रसाद पोखरेलको धन्यवाद र सचिव ओमप्रकाश बस्यालको सञ्चालनमा कार्यक्रम भएको हो थियो । कार्यक्रममा नियमित बचतकर्ता झमकुमारी श्रेष्ठ, मेनुका बस्याल, खेम बहादुर खन्गाहा, नारायण मश्राङ्गी र शान्ति सापकोटा, असल ऋणी रितमान गेला, गीतादेवी पोखरेल, इन्द्रबहादुर राना, हुमबहादुर श्रेष्ठ, जानकी कुमाल, असल व्यवसायी सुर्यप्रसाद आचार्य, राजकुमार श्रेष्ठ, खेमबहादुर पाटा, यमकला खनाल, कमलराज ओस्तीलाई सम्मान पत्र सहित ५ सय बराबरको शेयर प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ठ केन्द्र प्रमुख सुमित्रा खड्कालाई २ हजार बराबरको शेयर, सफल व्यवसायी लक्ष्मी राना र जयबहादुर राना, भगवती श्रेष्ठ र कुविजा भण्डारीलाई १ हजार बराबरको शेयर सहित सम्मान पत्रले सम्मान गरिएको छ । २०७५ मा संस्थाको कार्यक्षेत्र भित्रका विद्यालयहरुबाट उत्कृष्ट अंक ल्याउने जनविकास माविका क्षितिज रिमाल, जनकल्याण माविका आशिष श्रेष्ठ र दलित समुदायतर्फ भानुभक्त माविका ईश्वर सार्कीलाई नगद २ हजार १ सय ५ र उत्कृष्ट कर्मचारीतर्फ संजय अर्याललाई नगद २ हजार सहित प्रमाण पत्रले सम्मान गरेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update