Shittalpati
‘बचत गर्ने बानीको विकास गर्न सहकारीको भूमिका’

गुल्मी, जिल्लाको गुल्मी दरबार गाउँपालिकाका उपप्रमुख मिना भण्डारीले बचत गर्ने बानिको विकास गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । चारपाला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपप्रमुख भण्डारीले शेयर सदस्यहरुले श्रम गरेर जम्मा गरेको थोपा–थोपा पैसालाई बचत गर्ने बानिको विकास गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएकी हुन् । उनले सामूहिक समृद्धि र सहकारीको सिद्धान्तलाई अगाँल्दै निम्न आय भएका शेयर सदस्यहरुको आर्थिक उन्नतीका लागि सहकारीहरुले जोड दिनुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा विषेश अतिथि एवं वडाध्यक्ष टोपबहादुर बस्नेत, कार्यपालिका सदस्य तुल्सा अर्याल, स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्याल, रेसुङ्गा ईङ्गलिस बोर्डिङ्ग स्कूलका प्रिसिन्पल हरिलाल उपाध्याय, शेयर सदस्य शेरबहादुर कार्की, रणबहादुर कार्की, सरस्वती अर्याल, डिलबहादुर सुनार, सहकारी अभियान्ता खिमबहादुर थापा लगायतले सहकारीहरुले आर्थिक अभिभावकको भूमिका खेल्न सक्नुपर्ने बताए । सोही अवसरमा धु्रर्व अर्याल उत्कृष्ट बचतकर्ताको रुपमा सम्मानित भएका छन् । यसैगरी संस्थाले पूर्णिमा ज्ञवाली, प्रवेश अर्याल र प्रभात अर्याल क्रमशः आधारभूत, एसइई र प्लस टु मा उत्कृष्ट अंक ल्याएको भन्दै सम्मान गरेको छ । उनीहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान गरिएको हो । कार्यक्रममा ६ जना जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको सहकारीले जनाएको छ ।

कल्याणकारी कोषबाट विपन्न राहत वितरण कृष्णकला विकलाई सम्मान गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद अर्यालले संस्थाको भावी रणनीति सहितको प्रतिवेदन, व्यवस्थापक शालिकराम टण्डनले प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष अमरबहादुर कुंवरले २ करोड ३ लाख ५९ हजार २ सय ६३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन र लेखा संयोजक भक्तबहादुर टन्डनले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा ६ सय १३ सदस्य रहेका छन् । संस्थाका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर कार्कीको स्वागत, सचिव खुमलाल अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update