Shittalpati
आजदेखि तानसेनमा यामाहा एक्सेञ्ज सञ्चालन

पाल्पा, आजदेखि तानसेनमा यामाहा एक्सेञ्ज सञ्चालनमा आएको छ । जिल्लाको लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्सले पुस २१ देखि २३ गतेसम्मका लागि यामाहा एक्सेञ्ज सञ्चालनमा ल्याउन लागेको हो । आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले आकर्षक सेवा सहित एक्सेञ्ज सञ्चालनमा ल्याएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्सेञ्ज मेलामा कुनै पनि ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा यामाहाको नयाँ मोटरसाईकल तथा स्कूटर खरिद गर्न सक्ने ज्ञानेन्द्र अटो वक्सले जनाएको छ ।

ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाईकल तथा स्कूटर ल्याएर आएमा बजार मूल्यको १५ हजारसम्म थप मूल्याड्ढन गरी नयाँ मोटसाईकल तथा स्कूटर खरिद गर्न सक्ने वक्सका विवेककाजी शाक्यले जानकारी दिए । यामाहाको हरेक मोटरसाईकल तथा स्कुटरहरुको खरिदमा नगद ७ हजार समेत छुट रहेको छ । साथै ग्राहकको सेवालाई मध्येनजर गर्दै वक्सले न्यूनतम ब्याजदरमा फाईनान्सको समेत व्यवस्था गरेको छ । यो योजना नगद, फाईनान्स तथा एक्चेञ्जमा पनि लागु हुने वक्सले जनाएको छ । ग्राहकले बाइक तथा स्कूटरको मूल्याड्ढन गर्न आउँदा ब्लुबुक साथमा लिएर आउनुपर्नेछ । एक्सेञ्ज मेला तानसेनको भिमसेनटोलस्थित सोरुमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  २१:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update