Shittalpati
रासस सदस्यमा भण्डारी

पाल्पा, फागुन / नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्रीस्तरको फागुन १० गतेको निर्णयानुसार रासस ऐन, २०१९ को दफा ८ को उपदफा १ को खण्ड (ख) बमोजिम भण्डारी रिक्त सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।

पाल्पा समाचारपत्रका प्रधान सम्पादक समेत रहेका भण्डारी विगत २५ वर्षदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा सक्रिय रहँदै आएका छन् । बगनासकाली गाउँपालिका–५, दर्लमडाँडा निवासी भण्डारी चार वर्षका लागि सदस्यमा मनोनयन भएका हुन् । भण्डारीले आइतबार मन्त्रालयबाट नियुक्ती पत्र बुझेका छन् । पत्रकार भण्डारी ‘जनसेवा श्री’ (पाँचौँ) पदकबाट सम्मानित हुनाका साथै नेपाल प्रेस इन्स्टिच्युटलगायत विभिन्न संस्थाबाट तालिम प्राप्त छन् ।

 

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update