Shittalpati
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा

नयाँदिल्ली, भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संक्रया पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।

देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । यो संख्या कुल संक्रमित मध्येको १.३७ प्रतिशत मात्रै हो । पछिल्लो समयमा दैनिक संक्रमितहरुको र मृत्यु भएकाहरुको संख्यामा निकै कमी आएको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ७ सय ३८ जना नयाँ संक्रमित भएका छन् । तीमध्ये ८९.५७ प्रतिशत संक्रमित सात प्रदेशका रहेका छन् । भारतमा अहिलेसम्म एक करोड १० लाख ४६ हजार ९ सय १४ जना संक्रमित भएको र कुल एक लाख ५६ हजार ७ सय ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)

 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update