Shittalpati
रैनादेवीमा अन्तर मावि स्तरीय हाजिरी जवाफ

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको छ । विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रष्फुटनका लागि सामाजिक कार्यमा सक्रिय रहेको पहिलो पाईला नेपाल पाल्पा शाखाको आयोजनामा भैरव माविमा प्रतियोगिता भएको हो । प्रतियोगितामा विभिन्न विद्यालयबाट ११ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा गंगा मावि प्रथम, भैरव नवदिम मावि द्वितीय र सत्यवति माविका विद्यार्थी तृतीय भएको शाखाका सचिव दिपक पाण्डेले जानकारी दिए । प्रतियोगिहरुलाई रैनादेवी गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले नगद, शिल प्रमाणपत्र तथा शैक्षिक सामाग्रीले पुरस्कृत गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई ४ हजार, दोस्रोलाई ३ हजार र तेस्रोलाई २ हजार नगद दिइएको थियो ।

विद्यार्थीहरुलाई पुरस्कृत गर्दै गाउँपालिकाका अध्यक्ष कार्कीले संस्थाले रैनादेबी छहरा गापा भित्र रहेका मावि स्कुललाई एकै ठाँउमा जोडी कार्यक्रम गर्नु निकै प्रशंसनीय रहेको बताए । उनले भने,‘पछिल्लो समय समाज प्रति युवाको दायित्व घट्दै जादा युवाहरुको संस्थाले सामाजिक कार्यमा सक्रियता देख्दा अत्यन्तै खुसी लागेको छ ।’ गाउँपालिका आगामी दिनहरुमा संस्थासँग सहकार्य गरेर जाने अध्यक्ष कार्कीले बताए । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष विष्णु पोखरेल, संस्थाका सल्लाहकार सचिन बिष्ट, विद्यालय ब्यवस्थापन समितिका श्री कृष्ण आत्रेय, विद्यालयका प्रअ झलक रायमाझी, नल बहादुर राना लगाएतको उपस्थित रहेको थियो । संस्थाका अध्यक्ष ईश्वर ज्ञवालीको अध्यक्षता, सदस्य माधब भण्डारीको स्वागत, सचिव दिपक पाण्डेको सञ्चालन, कार्यक्रम संयोजन सुभाष पोखरेलले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update