Shittalpati
स्वीमिङ पुल सहितको होटल सञ्चालनमा

इमान सिं राना
पाल्पा(रामपुर), जिल्लामा करोडौंको लगानीमा होटलहरु खुल्ने क्रम बढेसँगै रामपुरमा पनि स्वीमिङ पुल, ८ सय बढी क्षमताको हल सहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । रामपुर नगरपालिका ५ बेझाड खेतमा नमस्ते पाल्पा होटल तथा रेष्टुरेण्ट सञ्चालनमा आएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई ध्यनजर स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाई) ले होटल सञ्चालनमा ल्याएका हुन् ।

जिल्लामा वर्षेनी करोडका लगानीमा होटलहरु सञ्चालनमा आएपनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकरुहको सेवा सुविधा अनुरुप होटल नहुँदा पर्यटकहरु पोखरा, काठमाडौं जान बाध्य भएकाले ति पर्यटकहरुको सेवा सुविधालाई मध्यनजर गरी होटल सञ्चालनमा ल्याएको सञ्चालक शिवले बताए । साढे ३ करोड बढीको लागतमा होटल सञ्चालनमा ल्याइएको हो । तीन रोपनी क्षेत्रफलमा फैलिएर रहेको होटेलमा ४ तले भवनमा ४ वटा एसी रुम, ११ वटा एट्याज रुम र ८ सय भन्दा बढी बस्न सक्ने सभाहल, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुविधा रहेको अर्का सञ्चालक कमलले बताए । होटलको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका छन् ।

होटलको उद्घाटन गर्दै मन्त्री बरालले विकासको लागि पर्यटन अपरिहार्य रहेको र पर्यटनको लागि होटल एक पूर्वाधार भएको बताए । कार्यक्रममा प्रदेश सांसद युवराज खनालले व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा नयाँ आयाम थप्ने कार्य होटलले गरेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिका यहाँको पर्यटन प्रवद्र्धनमा लागि रहेको समयमा होटल तथा अन्य व्यवसायमा युवाहरुको आकर्षण बढ्नु सुखद् पक्ष रहेको धारणा व्यक्त गरे । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नेपाल सरकारले लिएको लक्ष्य प्राप्तिको लागि निजी क्षेत्रको प्रयासले महत्वपूर्ण सहयोग गर्ने बताए । सीता डोटेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update