Shittalpati
एनसेलका भाग्यशाली ग्राहक कामतीले जिते दश लाख

काठमाण्डौँ(एजेन्सी), एनसेलका भाग्यशाली ग्राहक सिराहाका जितेन्द्र कुमार कामतीले दश लाख जितेका छन् । उनले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार दश लाख जितेका हुन् । सडक दुर्घटनामा परी विराटनगर नसिङ् होममा उपचारत रहेका कामती यस योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने भाग्यशाली ग्राहक हुन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए । चर्चित हास्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई दश लाखको चेक हस्तान्तरण गरेका छन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १, २०७६ देखि सञ्चालन गर्दै आएको छ । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन् । अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्रका बुबा हरी किशोर कामतीले बताए । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,’ जितेन्द्रका बुबाले भने । ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।’ यो योजनाको पहिलो ६ हप्ता सम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख जितेका छन् । ती ३० जना मध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्रहण गरी सकेका छन् । २१ जना ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा सञ्चालन भईरहेको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ । ग्राहकहरुले १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update