Shittalpati
रुसमा आवासीय भवनमा आगलागी, एघारको मृत्यु

रासस/सिन्ह्वा

मस्को, रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मंगलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठले बनेको यस भवन मंगलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६  ०१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update