Shittalpati
आन्दोलनमा परी चार सय घाइते

रासस/एएफपी
बेरुत, लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा करिब ४ सय जना घाइते भएका छन् । सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सबैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन् । रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन् । आन्दोलन दबाउनका लागि प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेको थियो ।

सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए । दुवै पक्षका बीचमा झडप हुदाँ उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन् । वर्तमान सरकार हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक सेवा प्रभावकारी गराउन लगायतका माग गर्दै लेबनानमा केही समयदेखि आन्दोलन हुदै आएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update