Shittalpati
काँग्रेस नेता तथा सामाजिक अभियान्त शाक्यको स्मृतिमा शोक सभा

पाल्पा । नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक अभियान्त चकोरमान शाक्यको स्मृतिमा मंगलबार शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाल नेत्र ज्योति संघ र लायन्स लाकौल आखाँ अस्पताल पाल्पाको आयोजनामा शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

संस्थाका कार्यवाहक सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ प्रदेश पाँचका अध्यक्ष सागर प्रताप राणा, विशिष्ट अतिथि प्रदेश सचिव राजेन्द्र पन्थी रहेका थिए । कार्यक्रममा सामाजिक तथा शैक्षिक व्यक्तित्व मीन बहादुर केसीले जिल्लाको राजनितिक, सामाजिक, शैक्षिक, धार्मिक क्षेत्रमा स्व. शाक्यले पुर्‍याएको योगदानको चर्चा गरेको नेपाली काँग्रेस तानसेन ३ बुथ समितिका सभापति पुष्करराज रेग्मीले जानकारी दिए । स्व. शाक्य नेपाल नेत्र ज्योति संघका केन्द्रिय सदस्य र लायन्स लाकौल आँखा अस्पताल पाल्पा अध्यक्ष समेत थिए । सभामा संस्थाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलन र जिल्लाको सामाजिक, राजनैतिक, व्यापारिक, शैक्षिक लगायतका विकास निर्माणमा स्व.शाक्यको योगदान महत्वपूर्ण रहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update