Shittalpati
पोखरा विमान दुर्घटनाः निकालिएका शव गण्डकी अस्पतालमा

पोखरा, पोखराको सेती नदीको खोँचमा आज विहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा लिगएको छ ।
शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् ।

शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update