सुष्मालाई बक्सिङमा रजत पदक
विश्व
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक थापा सँगै माछा मार्न गएका अन्य ८ जनालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । प्रहरीले रम्भा गाउँपालिका–४ का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेस्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निशान दर्लामी, मदनबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतवार, माघ १, २०७९, ०१:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
Follow Us
View our latest news on any of these social networks!